बिहिबार नेपाली बजारमा घट्यो सुनको मूल्य

काठमाडौं, भदौ २६ । साताको पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनको घटेको छ ।

बुधबार स्थानीय बजारमा छापावाला सुनको मूल्य प्रति तोला ७१ हजार रुपैयाँ रहेकोमा बिहिबार भने तोलामा २ सय रुपैयाले घटेर ७० हजार ८ सय रुपैया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै बिहिबार तेजावी सुनको मूल्य प्रति तोला ७० हजार ५ सय रुपैया कायम भएको छ ।

बुधबार चाँदी तोलाको ८ सय ८० रुपैयाँमा कारोबार भएकोमा बिहिबार ५ रुपैयाले घटेर ८ सय ७५ रुपैया रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: बिहिबार, भदौ २६, २०७६ /Thursday, September 12th, 2019, 11:03 am