गुड्दै गरेको बसलाई रोकेर आगजनी

नवलपरासी, भदौ २६ । पुर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा यात्रु बाहक बसमा अज्ञात समुहले आगजनी गरेको छ।

महेन्द्रनगरबाट काठमाडौंतर्फ जादै गरेको ना ६ ख ८४५३ नम्वरको यात्रुबाहक बसमा अज्ञात समुहले विहिवार बिहान ५ बजे बर्दघाट नगरपालिका वडा नं ४ खुर्सानी खोला भन्ने स्थानमा आगजनी गरेको हो। बसमा सवार यात्रुहरु सुरक्षित रहेका छन् ।

आगजनीबाट बसमा लाखौंको क्षती भएको छ। गन्तव्यमा गइरहेको सवारीलाई रोकेर कस्ले कुन प्रयोजनको लागि आगजनी गर्यो खुल्न सकेको छैन्।आगजनी पछि यात्रुहरू भने डरमा देखिएका थिए।

प्रकाशित मिति: बिहिबार, भदौ २६, २०७६ /Thursday, September 12th, 2019, 9:38 am