बिरामीको चाप बढ्दो ‘डेङ्गु खोज र नष्ट गर’ अभियान सुरु

काठमाडौँ, भदौ २६ । सरकारीमा अस्पतालमा मात्र होइन, निजी अस्पतालमा पनि डेङ्गु रोगका बिरामीको चाप बढेको छ । सरकारी अस्पतालहरू शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, वीर अस्पताल, शिक्षण अस्पताल महाराजगञ्जलगायतका अस्पतालमा बिरामीको चाप बढ्दो छ ।

रोगीको सङ्ख्या बढ्दै गएपछि सरकार तथा स्थानीय तहले समेत रोकथामका लागि विभिन्न प्रयास गरिरहेका छन् । सरकारले डेङ्गु नियन्त्रण गर्न ‘डेङ्गु खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ । गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले लेखेका छन् ।

प्रकाशित मिति: बिहिबार, भदौ २६, २०७६ /Thursday, September 12th, 2019, 5:59 am