कतिमा कारोबार हुँदैछ बुधबार सुनचाँदी

काठमाडौं, भदौ २५ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ ।

बुधबार स्थानीय बजारमा छापावाला सुनको मूल्य प्रति तोलमा ७१ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार पनि छापावाला सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै बुधबार तेजावी सुनको भाउ प्रति तोलामा ७० हजार ७ सय कायम भएको छ ।

बुधबार चाँदी तोलाको ८ सय ८० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६ /Wednesday, September 11th, 2019, 10:47 am