लक्ष्मी लघुवित्तले प्रस्ताव गर्यो अकर्षक लाभांश, कति दिने भयो बोनस र नगद ?

काठमाडौं, भदौ २३ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले गत वर्ष आव २०७५–०७६ मुनाफाबाट शेयरधनीहरुलाई २६.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लघुवित्त कम्पनीको सञ्चालक समितिको ११३ औ बैठकले १५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर प्रयोजन सहित ११.३२ प्रतिशत नगद लाभांश सहित २६.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित भएपछि मात्र शेयरधनीहरु हकदार हुनेछन् ।

प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६ /Wednesday, September 11th, 2019, 10:31 am