फेरि भारी वर्षाको सम्भावना

काठमाडौं, भदौ २५ । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण फेरि केहि दिन देशभर मेघगर्जनसहित वर्षा हुने भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यून चापिय रेखा पूर्वी भाग औसत स्थानभन्दा केहि माथि रहेका कारणले अबको देशका अधिकांश ठाउँमा वर्षा हुने भएको हो ।

बुधबार दिउँसो देशभरी सामान्य बदली रहि धेरै स्थानहरुमा मेघ गर्जन÷चट्टयांगसहित मध्यम वर्षा हुने छ। यस्तै देशका पूर्व र मध्य भु–भागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मौसमविद्हरुका अनुसार देशका धेरै स्थानमा मध्यम तथा केही स्थानमा भारी वर्षा हुने सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाको मौसमी विवरण सार्वजनिक गर्दै भनेको छ– ‘देशका धेरै स्थानहररूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्ययमसम्म वर्षा साथै थोरै स्थानहररूमा भारी वर्षाको सम्भावना भएकाले नदीमा आकस्मिक बहाव बढ्न सक्ने, पहाडी भू–भागमा पहिरो जानसक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुनाले सतर्कता अपनाउनु हुन अनुरोध छ।’

प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६ /Wednesday, September 11th, 2019, 10:17 am