प्रदेश ३ सरकारले सवारी नवीकरणको जरिवाना शुल्क घटायो

काठमाडौंं, भदौ २५ । प्रदेश ३ सरकारले सवारी साधन नवीकरण गर्दाको जरिवाना शुल्क घटाएको छ । प्रदेश सरकारले यातायात सम्बन्धी व्यवस्था गर्न बनाएको ऐनलाई संसोधन गर्दै सवारी नविकरण जरिवाना शुल्क घटाएको हो । जरिवाना धेरै हुँदा उपभोक्ताले सवारी नवीकरण गर्न छोडेपछि शुल्क घटाउन दबाब बढेको थियो ।

यस अघि सवारी साधनको ब्लुबुक नविकरण गर्दा म्याद सकिएपछि शतप्रतिशत जरिवाना लाग्ने गरेको थियो । अब भने जरिवाना शुल्क घटेर अब ३२ प्रतिशतमा झरेको छ । यो ऐन संसोधन भएसँगै सवारी धनीहरुलाई जरिवाना शुल्कमा राहत भएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६ /Wednesday, September 11th, 2019, 10:01 am