यी हुन लाभांश प्रस्ताव गर्ने वाणिज्य बैंक

काठमाडौं, भदौ २५ । हालसम्म ६ वाणिज्य बैंक गत आव २०७५–०७६ को कमाईबाट लाभांश प्रस्ताव गरेका छन् । लाभांश प्रस्ताव गरेका ६ वाणिज्य बैंकमध्ये २ बैंकले सबैभन्दा धेरै २१.०५ लाभांश घोषणा गरेका छन् ।

सबैभन्दा कम लाभांश कुमारी बैंकको १०.०५३ प्रतिशत रहेको छ भने अन्य सबैले सोभन्दा धेरै घोषणा गरेका छन् ।

सानिमा वैकको बोनस १० प्रतिशत, नगद ११.०५ प्रतिशत, एनआईसी एशिया बैंकले बोनस १० प्रतिशत, नगद ११.०५ प्रतिशत, बैंक अफ काठमाण्डूले बोनस ६ प्रतिशत, नगद ११ प्रतिशत, माच्छापुच्छे बैंकले बोनस ५ प्रतिशत, नगद ११ प्रतिशत, सिटिजन बैंक इन्टरनेशनल बोनस ३ प्रतिशत, नगद १२ प्रतिशत र कुमारी बैंकले १० प्रतिशत, नगद ०.०५ प्रतिशत प्रस्ताव गरेको छ ।

बैंकहरुले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्विकृति र बैंकको आगामी साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरु हकदार हुनेछन् ।

प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६ /Wednesday, September 11th, 2019, 9:49 am