नेकपा प्रदेश ३ अध्यक्ष दाहाललाई पितृ शोक

चितवन, भदौ २५ । नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) प्रदेश ३ का अध्यक्ष नारायण दाहाललाई पितृ शोक परेको छ । ९२ बर्षिया बुबा कुलप्रसाद दाहालको निधन भएसगैँ अध्यक्ष दाहाललाई पितृ शोक परेको हो । मंगलबार राति भरतपुरको गौतमचोकमा ९ बजेको समयमा दाहालको निधन भएको थियो ।

नेकपा अध्यक्ष प्रचण्डका ठुलोबुबा समेत रहेको दाहाल चितवनमा कास्कीबाट २०१९ सालमा बसाई सरेर आएका थिए । २०३६ सालदेखि भुमिगत रुपमा किसान संगठनका नेताको भुमिका निभाउदै नेपाली कम्यूनिष्ट आन्दोलनमा सक्रिय थिए । उनको नेकपा प्रदेश अध्यक्ष नारायण दाहालसहित ४ छोरा र २ छोरी रहेका छन् । श्रीमतीको यसअघि नै निधन भईसकेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६ /Wednesday, September 11th, 2019, 7:03 am