न्यायाधीशमाथी किन खनिए सांसद ! महाअभियोग लगाउन एमाले- काङ्ग्रेस सहमत ?

काठमाडौ, भदौ २४ । निजि क्षेत्रको दुरसँचार सेवा प्रदायक कम्पनी एनसेललाई कर छुट दिने न्यायाधीसप्रती सत्तपाक्षकै सांसदहरू खनिएका छन । उनिहरुले एनसेलले राज्यलाई तिर्नुपर्ने कर घटाउने गरी फैसला गर्ने न्यायाधीशहरूलाई महाअभियोग लगाउनुपर्ने माग गरेका छन् । उनीहरुले एनसेलको कारण आफ्नो मानहानी भएको बताए ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै नेकपाका संसद तथा पूर्वमन्त्रीहरूले न्यायाधीशमाथि छानबिन र महाअभियोगको प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखे ।

नेकपाका सांसद मोहन बानियाँले न्यायाधीशहरूले एनसेलको कर निर्धारण सम्बन्धी गलत निर्णय गरेर रक्षक नै भक्षक भएको आरोप लगाए । ‘उनीहरूविरुद्ध महाअभियोग प्रस्ताव पारित गर्नुपर्छ,’ उनले भने । उनले न्याय क्षेत्रलाई आस्थाको धरोहर मान्दै आएपनि विगतमा पनि न्यायाधीशहरूबाट बद्नाम गराउने काम गरेको बताए । अदालतले धेरै पटक आफ्नो क्षेत्राधिकार आफैंले मिचेको भन्दै उनले पछिल्लो पटक भएको एनसेल करसम्बन्धी फैसलामा अर्बौं रुपैयाँ घोटला भएको बताए । ‘राष्ट्रलाई दोहन गर्ने र नियम कानुन मिच्नेलाई कारबाही गर्नुपर्छ,’ उनले भने । यो फैसला गर्ने न्यायाधीशहरूमाथि छानबिन र कारबाही हुनुपर्ने माग पछिल्लो समय संसदीय समिति र दुवै सदनमा उठिरहेको छ ।
गत ९ गते सर्वोच्च अदालतका पाँचजना न्यायाधीशको पूर्ण इजालसले ठूला करदाता कार्यालयले यसअघि गरेको एनसेलको कर निर्धारणलाई खारेज गरेको थियो । नेकपाका सांसद यज्ञराज सुनुवारले सरकारले समृद्ध नेपालको कल्पना गरेको पृष्ठभूमिमा एनसेल कर विवाद आएको भन्दै अदालतले गरेको निर्णयमाथि छानबिन गर्नुपर्ने माग गरे ।

नेपकपाका सांसद तथा पूर्वमन्त्री खगराज अधिकारीले भ्रष्टाचार सुशासनको विरोधी भएको तर्क गर्दै एनसेल कर जनताले पाउनुपर्छ कि पर्दैन भन्दै सांसदहरूले सत्ता र प्रतिक्षले उठाएका विषयमा आफ्नो समर्थन रहेको बताए । यसअघि नेपाली काङ्ग्रेसका सांसदहरुले पनि गलत फैसला गर्ने न्यायाधीशलाई कारवाही गर्नुपर्ने माग गरेका थिए ।

प्रकाशित मिति: मङ्लबार, भदौ २४, २०७६ /Tuesday, September 10th, 2019, 10:14 pm