यी हुन देशभरका उत्कृष्ट १०१ जना शिक्षक (सूचिसहति)

काठमाडौं, भदौ २४ । सरकारले मुलुकभरका १०१ उत्कृष्ट शिक्षकहरुलाई पुरस्कृत गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा उनीहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । सामुदायिक विद्यालयका ७७, संस्थागत विद्यालय र नेपालस्काउट तर्फ ६, विश्वविद्यालयतर्फका ११ र प्राविधिक शिक्षालयका ७ गरी १०१ शिक्षकहरुलाई पुरस्कारका लागि छनोट गरिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुरस्कारका लागि खुलारुपमा आवेदन माग गरी उनीहरुबाट उत्कृष्ट शिक्षकहरुको छनोट गरेको हो । ४० औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा देहाय बमोजिमका शिक्षक/प्रशिक्षक तथा प्राध्यापकहरुलाई शिक्षा दिवस पदक, प्रमाणपत्र तथा प्रशंसापत्रद्वारा पुरस्कृत गर्ने निर्णय भएको शिक्षा मन्त्रालयले जनाएको छ ।

हेर्नुहोस सूचि


प्रकाशित मिति: मङ्लबार, भदौ २४, २०७६ /Tuesday, September 10th, 2019, 2:48 pm