नेपालले युएईलाई जितको प्रस्तुत गर्यो २८७ रनको लक्ष्य

काठमाडौं, भदौ २४ । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले युएईलाई जितका लागि २८६ रनको लक्ष्य दिएको छ । एफटिजेट स्पोर्ट्स कम्प्लेक्समा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २८५ रन बनायो ।

नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ६७ रनको अर्धशतकीय इनिङ्स खेले ।

नेपाल अंक विहिन रहदै तेस्रो स्थानमा छ । युएई पुछारमा छ । यूएई तुलनात्मक रुपमा नेपाल भन्दा कमजोर टोली हो । लगातार दुई खेल हारेपछि समूह चरणबाटै बाहिरिसकेको नेपालका लागि यो खेल प्रतिष्ठाको लडाई मात्र हो ।

नेपालले पहिलो खेलमा श्रीलंकासँग ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित हुँदा नेपालको सेमिफाइनल सम्भावना सकिएको थियो । यस समूहबाट आयोजक श्रीलंका र बंगलादेश सेमिफाइनल पुगिसकेको छ ।

प्रकाशित मिति: मङ्लबार, भदौ २४, २०७६ /Tuesday, September 10th, 2019, 1:26 pm