एसिया कप क्रिकेटः नेपाल आज युएईसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं, भदौ २४ । एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपाली युवा टोलीले मंगलबार अन्तिम खेल खेल्दैछ । नेपाल यसअघि भएको दुबै खेलमा पराजित हुँदै समूह चरणबाटै बाहिरीसकेको छ । । नेपाल समूह चरणको पहिलो खेलमा श्रीलंकासँग ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित हुँदै नेपाल सेमिफाइनलको यात्रालाई विट मार्दै प्रतियोगिताबाट बाहिरिएको थियो ।

नेपालले आज प्रतियोगिताको अन्तिम खेल यूएईसँग खेल्दैछ । दुबै टोलीबीचको खेल नेपाली समय अनुसार बिहान ९ः४५ बाट सुरु हुनेछ । यूएई तुलनात्मक रुपमा नेपाल भन्दा कमजोर टोली हो । यूएई पनि प्रतियोगितामा जित विहीन टोली हो ।

प्रकाशित मिति: मङ्लबार, भदौ २४, २०७६ /Tuesday, September 10th, 2019, 8:14 am