ट्रिपल रियर क्यामेरा सहित एमआई ए थ्री नेपालमा सार्बजनिक, यस्तो छ मूल्य

शाओमीले सोमबार एन्ड्रोइड वान–पावर्ड फोन एमआई ए थ्री सार्वजनिक गरेको छ। एमआई ए थ्री लाइ शायोमिले यसपटक एमआई ए सिरिजको भन्दा डिजाइनमा केहि परिवर्तन गरेर ल्याएको छ।

यो फोनमा स्न्यापड्रागन ६६५ अक्टाकोर प्रोसेसर राखिएको छ । त्यस्तै ६.०८ इन्चको स्क्रिन भएको यस फोनमा इन डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर राखिएको छ ।
एमआई ए थ्री मा एआई स्मार्ट ट्रिपल रियर क्यामेरा छन । यसमा ४८ मेगापिक्सेलको सोनी आइम्याक्स५८६ मुख्य सेन्सर , ८ मेगापिक्सेलको वाइडएंगल लेन्स र २ मेगापिक्सेलको डेप्थ सेन्सर छ। त्यस्तै सेल्फिको कुरा गर्नु पर्दा यसमा ३२ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ ।

यसमा ४०३० एमएएचको ब्याट्री रहेको छ । फोरजी सपोर्ट गर्ने एमआइ ए थ्रीमा हाइब्रिड डुवल सिमको सुबिधा रहेको छ जसमा तपाइले एकै पटकमा २ वटा सिम वा एउटा सिम र एउटा माइक्रो एसडी कार्ड प्रयोग गर्न सक्नु हुनेछ। यो फोन नेपाली बजारमा ४ जीबी र्‍याम/ ६४ जीबी स्टोरेज र ६ जीबी र्‍याम / १२८ जीबी स्टोरेजको साथमा उपलब्ध छ।

नेपाली बजारमा ४ जीबी र्‍याम र ६४ जीबी स्टोरेज भएको भेरिएन्टको मूल्य २३ हजार ९९९ रुपैयाँ रहेको छ भने ६ जीबी प्लस १२८ जीबी भेरियन्टको मूल्य २७,९९९ रुपैयाँ रहेको छ।
यो फोन भदौ २५ देखि दराज डटकममा र सस्तोडिल डटकममा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: मङ्लबार, भदौ २४, २०७६ /Tuesday, September 10th, 2019, 10:21 am