शनिबार डुकुछापमा कराते जुनियर बेल्ट टेष्ट सम्पन्न

ललितपुर, भदौ ८ । शनिबार केन जेन ईचि हा वादो रियो कराते मेन डोजो गोदावरी–८, डुकुछापमा जुनियर बेल्ट टेष्ट कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रमका संयोजक नेपालका ब्रान्च चिफ विजय खड्काका अनुसार १२ जना खेलाडीहरु फष्ट यल्लो बेल्ट, ४ जना ओरेनज बेल्ट, २ जना ग्रीन बेल्ट ४ जना हाफ ओरेनज मा प्रमोसन भएका छन् ।

कार्यक्रममा गोदावरी नगरपालिकाका कार्यपालिका बोर्ड सदस्य बिन्दु तामाङ प्रमुख अतिथि, बिशेष अतिथिहरुमा दक्षिणकाली क्षेत्रमा सर्बप्रथम करातेको डोजो स्थापना गर्नुहुने सितोरियो करातेका प्रशिक्षक अर्जुन थापा मगर रहेका थिए ।

प्रमुख अतिथि बिन्दु तामाङले राजधानीबाट नजिक रहेर पनि दुर्गम रहेको यस डुकुछाप हाल गोदावरी–८ मा राष्ट्रिय स्तरको कराते डाजो रहेको र यहाँबाट उत्पादित खेलाडीहरु जुनसुकै प्रतियोगितामा पनि उत्कृष्ट स्थान हासिल गरी यस क्षेत्रको नाम राख्न सक्छन र यसको लागि गोदावरी नगरपालिकाबाट जे जस्तो पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

यस कार्यक्रममा उत्कृष्ट प्रर्दशन गर्ने अरुण खड्का उत्कृष्ट अंक हासिल गरी प्रथम भएका थिए । कार्यक्रममा यस डोजोमा नियमित प्रशिक्षणरतः प्रशिक्षकहरु लक्ष्मण थापा, धन्जित लामा, जयन्ति राई, राजु बि.क, मनिषा बि.क.ले परीक्षा सञ्चालन गरेका थिए । अन्य सिनियर खेलाडीहरुले काता र बुन्केई प्रस्तुत गरे ।

कार्यक्रम गोदावरी नगरपालिका वडा नं. ८ का बडा सदस्य आत्माराम खड्काको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: आइतवार, भदौ ८, २०७६ /Sunday, August 25th, 2019, 9:15 am