टान निर्वाचनः की समुन्नत टान ! की परिवर्तीत टान !

विगत १८ वर्षदेखि पर्यटन व्यवसायमा भरिया हुँदै गाईड गर्दै विगत ७ वर्षदेखि “एशियन एक्सपीडीसन प्रा.लि.” नामक ट्रेकिङ अफिस सञ्चालन गर्दै आइरहेकोे छु । शैक्षिक योग्यता स्नातक रहेको र स्पानिस भाषामा राम्रो दखल राख्ने एक काभ्रेवाट आएको पर्यटन व्यवसायी हुँ । गत २०१७ को टान निर्वाचनमा सदस्य पदमा उपविजेता समेत रहेको र विभिन्न देशको समेत भ्रमण गरेको छु र यो व्यवसायको हकहित नै सबै व्यवसायीको हित हो भन्ने मान्यता राख्दछु । मेरो वुवा कटक बहादुर (ठूला) खरेल समेत ट्रेकिङ गाईड हुनुहुन्थ्यो उहाँको प्रेरणा बाट पर्यटनमा लागेको म, मेरो २ पुस्ता नै यसमा व्यतित भैसकेको छ । त्यसैले पर्यटन क्षेत्रको सबैभन्दा फराकिलो ब्यापक सरोकार राख्ने ट्रकिङ्ग व्यवसायीहरुको छाता संगठन टानको चुनाव आउदो भाद्र २० गते (सेप्टेम्बर ०६, २०१९) मा सम्पन्न हुन गइरहेको छ । विगत टानको इतिहास गौरवपूर्ण रहेको छ । यसले आमरुपमा व्यवसायी तथा मजदुरको पक्षमा केही महत्वपूर्ण तथा दुरगामी महत्व राख्ने सकारात्मक काम गरेको हो । यसो भन्दै गर्दा पछिल्लो केही वर्ष देखी यसको सकारात्मक भन्दा नकारात्मक पक्षको वढि चर्चा हुन थालेको छ । यो सबैभन्दा डरलाग्दो पक्ष हो । जुन हाम्रो व्यवसायीहरुको आशा र भरोसाको केन्द्रविन्दु रहेको हाम्रो छाता संगठनको सन्दर्भमा यस्तो कुरा आउँदा मनमा तरङ्ग र प्रश्न उठनु स्वभाविक नै छ । मलाई यस्तो सुन्दा साह्रै पिडा लागरहेको छ । यसरी यसको नकारात्मक मात्र चर्चा हुनु भनेको टानको नेतृत्व गर्नैको नेतृत्व शैली अनि भडकिलो र खर्चीलो चुनावी अभियान, सक्षम भन्दा भुगोल र समुदायको आधारमा चुनावी नतिजा आउनु र इच्छाशक्ती कम भएको नेतृत्व पङ्क्तिको कारणले गर्दा आज आफ्नो घरको मुलिको नकारात्मक कुरा सुन्नु पर्ने अवस्था र करीव २० प्रतिशत व्यावसायीहरु टानको औचित्य नै छैन भन्ने तहमा पुगेको देखिन्छ । त्यसैले आजको मुल एजेन्डा भनेको टानको औचित्य माथि प्रश्न मुखरीत गर्ने २० प्रतिशत व्यवसायीहरुको समेत प्रतिनिधित्व हुने गरी टानको आगामी निर्वाचनमा उमेदवारी दिनु र चुनावी मैदानमा जानु उत्तम हुनेछ । यसको लागी अवको टानको नेतृत्व गर्ने जो सुकै आयपनि सबैभन्दा पहिला असुन्तुष्टहरुको कुरालाई समेटेर वृहत राम्रो टान बनाउने हुनुपर्दछ ।

आज मैले यो भन्नै पर्छ अवको नेतृत्व दावा गर्नेले आगामी २ वर्षमा सम्मुनत टान बनाउनै पर्दछ होइन भने खारेजी त होइन तर धेरै अधिकार नभएको केवल व्यवासायीहरुको मन्थन गर्ने चौतारी तथा सरकारको पर्यटन सुत्र अनि विज्ञहरुको संगठनको रुपमा मात्र हुने गरी टानको स्वरुप र अधिकार लाई परिवर्तन गरी सबैको टान बनाउनु उपयुक्त हुन्छ ।

यसबाट निर्वाचन आएपछि उमेदवारको लागि दौधुप मात्र होइन खर्च कम गर्ने मितव्ययीता पनि कामय रहन्छ । यसो भन्दा बजारमा यसले त टानको विघटन खोज्यो भन्नु होला त्यसो होइन तर यदि सबै १०० प्रतिशत व्यववसायीले चाहे पनि त्यो पनि सम्भव होला तर यसको समाधान विघटन होइन । समाधान भनेको की समुन्नत टान की परिवर्तित टान हो ।

त्यसैले आजको टानको सन्दर्भमा दुई अर्थी कुरा गर्नै नेतृत्व होइन डयाम डयाम लगाएर काम गर्ने खालको नेतृत्व चाहिन्छ । अबको नेतृत्व क्रमभंग मा विश्वास गर्ने आटिलो दरिलो तथा क्षमतावान चाहिन्छ । यसको लागी पर्दा पछाडी पारिएका युवाहरुबाट नेतृत्व स्थापना गरी वारकी पारको लडाइको लागी निर्णायार्थ प्रस्तुत हुने नेतृत्व चाहिन्छ र यसो गर्दै गर्दा हाम्रो टान उत्कृष्ट टान बनाउन निम्न लिखित कुराको प्रतिवद्धता सहित आउनु पर्ने देखिन्छ ।

१. २ वर्षमा टान सम्मुनत हुनेछ र सबैको टान हुनेछ वा सरकारको पर्यटन संग सम्बन्धीत सम्पर्क सुत्र तथा सरकारले सल्लाह लिने विज्ञहरुको संगठनको रुपमा मात्र रहने छ भनेर वार कि पार लडाई लड्नु पर्नेछ ।
२. होम स्टे ट्रेकिङ रुटहरु सञ्चालन गर्न पहल गर्नुपर्नेछ ।
३. चलि रहेको ट्रेकिङका रुटहरुमा यातायातको ब्यवस्था भएको ठाउँमा वैकल्पिक टे«किङ रुटको व्यवस्था गर्नुपर्दछ ।
४. इलेगल ट्रेकिङ अपरेसन बन्द गर्नुपर्दछ ।
५. एजेन्सी बिना ट्रेकिङ परमिटको व्यवस्था खारेजी गर्नुपर्दछ ।
६. टे«किङ परमिट एकद्वार तथा अनलाइन प्रणालीबाट एजेन्सीले नै दिने व्यवस्था गर्नु पर्दछ तत्कालै ३/४ ठाउँमा धाउनु पर्ने व्यवस्थाको अन्त्य गर्नुपर्दछ ।
७. मुस्ताङ लगाएत विशेष भनिएका ठाउँको परमिट शुल्क घटाउनु पर्दछ साथै १ जना भएपनि परमिट दिने व्यवस्था गर्नुपर्दछ ।
८. ट्रेकिङ मजदुर जस्तै गाइड तथा भरियाको सामाजिक सुरक्षा तथा जिवनयापनको लागी काम नभएको समयमा सरकारवाट बेरोजगार भत्ता व्यवस्था गर्नुपर्दछ ।
९. माउन्ट एभरेष्टको अंगेजी नामाकरण लाई निरुसाहीत गरी अन्तराष्ट्रिय स्तरमा “सगरमाथा हिमाल” को नामको वोली र लेखाइबाट प्रचार गर्नुपर्दछ । कीनकी यो हाम्रो देशको प्राण हो यसको अंग्रेजी वा नेपाली दुवैमा एउटै नाम हुनुपर्दछ जून नेपाली बाट नै हुनुपर्दछ । जुन Mount Sagarmatha हुनु पर्दछ ।
१०. नयाँ नयाँ टे«किङ रुटहरु खोजि जस्तै कृषि पर्यटन, आयुर्वेदिक पर्यटन, समानीजम पर्यटन, गाउ पर्यटनलाई विशेष महत्व दिई प्रचार गर्नुपर्दछ ।
११. यो ब्यवसाय सेवा मुलक भएकोले अनिवार्य भ्याटमा जाने व्यवस्थाको खारेजी गर्नु पर्दछ ।
१२. पर्यटन वर्ष २०२० को सन्दर्भमा पर्यटकको सिजन नभएको महिना जस्तै जुन, जुलाई, अगस्ट, जनवरी र फ्रेववरीमा फ्रि भिसा दिन नेपाल सरकार सगै अनुरोध गर्नुपर्छ ।
१३. यो टानको २ वर्ष गोष्ठी, सेमिनार र अन्तराष्ट्रिय यात्रा टानको मेम्बरबाट सहभागी नहुने, विशुद्ध पर्यटन सगँ सम्बन्धीत कार्य गर्ने जसबाट टानमा जानु भनेको विदेश घुम्न जानु हो भन्ने कुराको पूर्ण खण्डन हुनेछ ।
१४. निर्वाचीत भए पश्चात पर्यटन व्यवसायीहरुको एउटा तत–तत विषयमा विज्ञ टोली बनाई सबैको सहभागिता र अपनत्व हुने गरी सल्लाह सुझाव लिई प्राथमिकताको आधारमा कार्य गर्नुपर्छ ।

यी र यस्तै काम गर्नको लागी अवको नेतृत्व चाहिन्छ यसको लागी आवश्यक निर्णय लिने क्षमता म सगै छ यदि व्यवसायीक मित्रहरु साच्चै नै टानलाई एउटा उचाइमा पु¥याउने म जस्ता युवाहरुलाई नेतृत्वमा पठाउन अनिवार्य भैसकेको छ नत्र सधै भरी नेतृत्वबाट फर्कदा आलोचनाको भारी मात्र खेपेर फर्कने परिपाटी निरन्तर रहने छ त्यसैले यो पटकको टानको चूनाव निर्णायक बनाउन अत्यावश्यक छ । विगतदेखि उठाउँदै आएको मुद्दा मात्र वर्षेनी एजेन्डा बन्ने आखिरी केही नहुने यो परीपाटीको अन्त्य आजको पहिलो शर्त हो ।

त्यसकारण एकपटक यो तहबाट सोचौ की केही गरु भन्ने युवाहरुलाई नेतृत्व दिऔ यसको लागी म नेतृत्व दिन हरदम तयार छु तर लुछा चूडी र जालझेल बाट म नेतृत्वमा पुग्न कोशिष गर्ने छैन । यो खेल मेरो लागी योग्य पनि छैन त्यसैले एकपटक व्यवसायी मित्रहरुलाई फरक ढङ्गले क्रमभंग हुने ढङ्गले सोचौ र नेतृत्व निर्वाचित गरौ यसको लागी सर्वसहमती नै पहिलो मान्यता हो ।
(हरिशरण खरेल, म्यानेजिङ्ग डाइरेक्टर, एसियन एक्सपीडीसन प्रा.लि.)

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०७६ /Friday, August 23rd, 2019, 10:34 am