भारती विदेशमन्त्री एस जयशंकरले भेटे प्रधानमन्त्री ओलीलाई

काठमाडौं, भदौ ४ । भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन बुधबार नेपाल आएका विदेशमन्त्री जयशंकर प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।

आयोगको बैठक बुधबार सुरु हुने भएको छ । नेपाल र भारतका परराष्ट्रमन्त्रीले अध्यक्षता गर्ने बैठकमा नेपाल र भारतबीचका विभिन्न विषयमा छलफल हुनेछ । बैठक बुधबार र बिहीबार हुनेछ ।

नेपाल बसाईका क्रममा भारतीय विदेशमन्त्री जयशंकरले राष्ट्रपति विद्या भण्डारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति: बुधबार, भदौ ४, २०७६ /Wednesday, August 21st, 2019, 4:51 pm