निकिताको उजुरी प्रहरीद्वारा अस्विकार

काठमाडौं, भदौ ४ । रवि लामिछानेकी श्रीमती निकिता पौडेलले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइराला र चितवनका एसपी दानबहादुर मल्लविरुद्ध दिएको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ ।

काठमाडौं प्रहरी परिसरमा तीन जनाको नाममा जाहेरी दिन पुगेकी निकितालाई काठमाडौं प्रहरीको कार्यक्षेत्र नभएको भन्दै जाहेरी नलिएको परिसरका एसपी अशोक सिंहले जानकारी दिए ।

निकिताले शालिकराम पुडाशैनी आत्महत्या प्रकरणको भिडियो किर्ते बनाएर सार्वजनिक गरेको भन्दै मुलिकी अपराध संहिता २०७४ को दफा २७६ र २७७ अनुसार उजुरी दिन काठमाडौं प्रहरीमा पुगेकी थिइन् ।

प्रकाशित मिति: बुधबार, भदौ ४, २०७६ /Wednesday, August 21st, 2019, 4:39 pm