नेप्से सामान्य अंकले वृद्धि, १६ लाख कित्ता शेयर स्टकमा सूचिकृत

काठमाडौं, भदौ ४ । साताको चौथो दिन बुधबार नेपाल स्कट एक्सचेन्ज (नेप्से) परिसूचक शून्य दशमलव ४२ अंकले बढेर १ हजार २१४.०४ बिन्दूमा पुगेर कारोबार बन्द भएको छ । त्यस्तै यस दिन ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक शून्य दशमलव २२ अंकले बढेर २ सय ६३ दशमलव ४१ अंकमा पुगेर बन्द भएको छ । कुल १६१ कम्पनीको १२ लाख ७० हजार ११८ कित्ता शेयर २९ करोड २६ लाख ४१ हजार ७ सय १८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसदिन सर्वाधिक कारोबार गर्ने कम्पनीहरुमा सोल्टी होटल रहेको छ, जसको ४ करोड २० लाख २१ हजार ६४४ रुपैया बराबरको कारोबार भएको छ । त्यस्तै माच्छापुच्छे बैंकको २ करोड ८५ लाख ८४ हजार ७ रुपैयाँ, एनआईशि एशिया बैंकको १ करोड ७२ लाख ६३ हजार ६१५ रुपैयाँ, नबिल बैंकको १ करोड ६ लाख ७ हजार २८८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज पनि विशाल बजार कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य ५.७३ अंकले बढेको छ । त्यस्तै पाँचथर पावर कम्पनीको ४.८१ प्रतिशत, जानकी फाइनान्सको शेयर मूल्य ४.२८ प्रतिशत, सामुदायिक लघुवित्तको ३.७७ प्रतिशतले शेयर मूल्य बढेको छ ।

यस दिन गणपति माइक्रो फाइनान्सका लगानीकर्ताले धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ५.४४ अंकले घटेको छ । त्यस्त नाडेप लघुवित्तको शेयर मूल्य ५.२५ प्रतिशत, सर्पोट माइक्रोफाइनान्सको ५.१३ प्रतिशत, माउन्टेन हाइड्रोको ४ प्रतिशत, अपि पावर कम्पनीको ३.८१ प्रतिशतले शेयर मूल्यमा गिरावट आएका छन् ।

बुधबार कारोबारमा आएका १२ समूह मध्ये ४ वटा समूहको शेयर मूल्य बढेको छ भने बाँकी ८ वटा समूहको शेयर मूल्य घटेको छ ।

१६ लाख कित्ता शेयर स्टकमा सूचिकृत
सबैको लघुवित्तको साढे १६ लाख कित्ता शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । लघुवित्तले सर्बसाधारणमा बिक्री गरेको ५ लाख ३० हजार कित्ता सहित १६ लाख ५० हजार कित्ता शेयर सूचीकृत भएको हो । बुधबार शेयर सूचीकृत भएसंगै दोस्रो कारोबार दिन बिहीबारबाट कम्पनीको शेयर दोस्रो बजारमा खरिद बिक्री गर्न सकिने छ । लघुवित्तले गत साउन १ गते ५ करोड ३० लाख बराबरको ५ लाख ३० हजार कित्ता आईपिओ निष्काशन गरेको थियो । सो शेयर साउन १० गते बाँडफाँड भएको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ ४, २०७६ /Wednesday, August 21st, 2019, 4:24 pm