बुधबार सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, भदौ ४ । बुधबार सुनचाँदीको भाउ बढेको छ । बुधबार सुन प्रति तोलामा ३ सयले बढेर ७१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार, सोमबार, मंगलबार पनि सुन प्रति तोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार तेजावी सुन प्रति तोलामा ७१ हजार रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज (बुधबार) चाँदीको भाउ बढेको छ । आज चाँदी प्रति तोलामा ४ रुपैयाँले बढेर ८ सय ३० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तर मंगलबार चाँदी प्रति तोला ८ सय २५ मा कारोबार भएको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ ४, २०७६ /Wednesday, August 21st, 2019, 10:48 am