गणपति लघुवित्तले कति प्रस्ताव गर्यो बोनस शेयर ?

काठमाडौँ, भदौ ४ । गणपति लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।

भदौ ३ गते बसेको कम्पनी सञ्चालक समितिको ५६ औं बैठकले उक्त घोषणा गरेको हो । चुक्ता पूँजी १० करोड ३५ लाख रुपैयाँको ७ प्रतिशतले हुन आउने ७२ लाख ४५ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको कम्पनीले जनाएका छन् । कर प्रयोजनको लागि ०.३६८४ प्रतिशतले हुन आउने ३ लाख ८१ हजार ३१५ रुपैयाँ प्रस्ताव गरेको छ ।

नेपाल राष्ट्र बैंकको स्वीकृति र साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरु हकदार हुनेछन् ।

प्रकाशित मिति: बुधबार, भदौ ४, २०७६ /Wednesday, August 21st, 2019, 10:34 am