नेकपाको सचिवालय बैठक बुधबार ११ बजे बस्दै

काठमाडौं, भदौ ४ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार बस्दैछ । आज बिहान ११ बजे बस्ने सचिवालय बैठकमा पार्टीको पोलिट्ब्युरो कमिटी, विभिन्न आयोगहरु गठनमा रहँदै आएको विवाद टुंग्याउने विषयमा छलफल हुने जनाइएको छ ।

नेकपाले ३३ विभागसहित २२ जनवर्गीय संगठन तथा प्रदेशका इन्चार्ज र सह–इन्चार्जको नेतृत्व टुंग्याएको छ । तर, नेकपाले अझै पोलिटव्युरो गठन, केन्द्रीय सदस्यको कार्यविभाजन, जनवर्गीय संगठनका इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी दिन बाँकी छ । यस्तै सम्पर्क समन्वय कमिटी, विशेष प्रदेश कमिटी, प्रवास संगठनको पनि एकता प्रक्रिया पूरा हुन बाँकी छ ।

यसअघि, मंगलबार ३ बजेका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै बुधबारका लागि सारिएको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ ४, २०७६ /Wednesday, August 21st, 2019, 9:34 am