शुक्रबार सार्वजनिक बिदा

काठमाडौं, भदौ ३ । शुक्रबार (भदौ ६ गते) का दिन सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा दिइने भएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले विज्ञप्ति निकालेर ‘गौरा पर्व’को अवसरमा आगामी शुक्रबार सार्वजनिक विदा दिने घोषणा गरेको हो ।

मन्त्रालयले सुदूरपश्चिम प्रदेशका सम्पूर्ण जनसमूदायमा गौरा पर्वका अवसरमा शुभकामना समेत व्यक्त गरेको छ ।

योसँगै गौरा पर्वको अवसरमा यही भदौ ६ गतेका दिन कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, डोटी, अछाम र बाजुरामा सार्वजनिक बिदा दिइएको हो ।

प्रकाशित मिति: मङ्लबार, भदौ ३, २०७६ /Tuesday, August 20th, 2019, 8:04 pm