सिंहदरबार भित्रै भेटियो नासु केसीको शव

सांकेतिक तस्विर

काठमाडौं, भदौ ३ । प्रमुख प्रशाशनिक केन्द्र सिंहदरबार भित्र एक व्याक्ति मृत अवस्थामा फेला परेका छन् । राष्ट्रिय योजना आयोगको परिषरभित्र एक व्यक्ति मृत अवस्थामा फेला परेका हुन् ।

सुब्बा बच्चु केसी कार्यालयमा लडिरहेको अवस्थामा भेटिएका हुन् । उनी राष्ट्रिय योजना आयोगका कर्मचारी भएको बताईएको छ।

केसीले विष सेवन गरेर आत्महत्या गरेको आशंका गरिएकोछ । प्रहरी घटनास्थल पुगेको छ। घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार अहिले फरेन्सिक र सिन अफ क्राइम (सोको) वि‍‌ज्ञ टोली घटनस्थलमा पुगेको छ ।

मृतक केसी कीर्तिपुर नगरपालिका टौदहका हुन् ।

प्रकाशित मिति: मङ्लबार, भदौ ३, २०७६ /Tuesday, August 20th, 2019, 4:31 pm