मंगलबार पनि सुनको भाउ स्थिर

काठमाडौं, भदौ ३ । मंगलबार पनि सुनको भाउ स्थिर रहेको छ । मंगलबार सुन प्रति तोला ७१ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार, सोमबार पनि सुन प्रति तोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार तेजावी सुन प्रति तोलामा ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज (मंगलबार) चाँदीको भाउ घटेको छ । आज चाँदी प्रति तोला ८ सय २५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तर सोमबार चाँदी प्रति तोला ८ सय ३० मा कारोबार भएको थियो ।

प्रकाशित मिति: मङ्लबार, भदौ ३, २०७६ /Tuesday, August 20th, 2019, 10:55 am