ललितपुरमा छड्के जाँच, ३५ जना कर्मचारी अनुपस्थित भेटियो

ललितपुर, भदौ ३ । जिल्ला प्रशासन कार्यालय ललितपुरले संघीय मन्त्रालय अन्तर्गतका ९ वटा विभिन्न कार्यालयहरूमा आइतबार छड्के निरीक्षण गरेको छ ।

आइतबार प्रशासन कार्यालयले जिल्ला हुलाक कार्यालय, कान्तिलोकपथ सडक आयोजना, मालपोत कार्यालय, नापी कार्यालय, डिभिजन सडक कार्यालय, आन्तरिक राजश्व कार्यालय–१, आन्तरिक राजस्व कार्यालय–२, जिल्ला आयोजना कार्यान्वयन इकाई पूर्वाधार, जिल्ला आयोजना कार्यान्वयन इकाइ भवनमा छडके निरीक्षण गरिएको थियो ।

प्रशासन कार्यालयले गरेको आकस्मिक निरीक्षणमा ललितपुरका ३५ कर्मचारी अनुपस्थित देखिएका छन्, जसका अधिकृत स्तरका ९ जना, सहायक स्तरका २० जना र श्रेणी विहीन ६ जना कर्मचारी अनुपस्थित देखिएको प्रशासनले जनाएको छ ।

डिभिजन सडक कार्यालय, आन्तरिक राजस्व कार्यालय–१, आन्तरिक राजस्व कार्यालय–२, जिल्ला आयोजना कार्यान्वयन एकाई पूर्वाधार जिल्ला आयोजना कार्यान्व्यन इकाई भवन भने सबै कर्मचारीहरु कार्यालयमा भेटिए ।

प्रशासनको छड्केमा जिल्ला हुलाक कार्यालयमा ४, कान्ति लोकपथ सडक आयोजना ७, मालपोत कार्यालयमा १७ जना, नापी कार्यालयमा ७ जना कर्मचारी अनुस्थित भेटिएका हुन् । प्रशासनको छट्के निरीक्षणमा जिल्ला आयोजना कार्यान्वयन इकाइ भवनमा कर्मचारी उपस्थित रहेको र ९२ जना कराररका इन्जिनियरहरु को कहाँ कार्यरत छन् जिल्ला आयोजना कार्यान्व्यन इकाई भवनलाई एकिन नभएको कैफियतमा जनाएको छ ।

अनुपस्थित कर्मचारीलाई स्पष्टीकरण सोधिने गयल जनाउने प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले बताए । प्रजिअ जोशीले भने, ‘राष्ट्रसेवक कर्मचारीहरूको सेवाग्राहीप्रति लापरवाही देखिएकोले नियमानुसार नभएको हकमा कानूनी कारबाहीको लागि सम्बन्धित विभागमा पठाउछौं । ’

प्रकाशित मिति: मङ्लबार, भदौ ३, २०७६ /Tuesday, August 20th, 2019, 7:17 am