नागबेली लघुवित्तले कति प्रस्ताव गर्यो लाभांश ?

काठमाडौँ, भदौ २ । नागबेली लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई २६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।

भदौ १ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त घोषणा गरेको हो । चुक्ता पूँजी १६ करोड ७६ लाख ७९ हजार ५ सय रुपैयाँको २६ प्रतिशतले हुन आउने ४ करोड ३५ लाख ९६ हजार ६ सय ७० रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको कम्पनीले जनाएका छन् ।

नेपाल राष्ट्र बैंकको स्वीकृति र साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरु हकदार हुनेछन् ।

प्रकाशित मिति: सोमवार, भदौ २, २०७६ /Monday, August 19th, 2019, 4:15 pm