नेप्से हरियाली, यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं, भदौ २ । साताको दोेस्रो दिन सोमबार नेपाल स्कट एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । यस दिन नेप्से परिसूचक ७.२३ अंकले बढेर १२२२.०६ बिन्दूमा पुगेको छ । त्यस्तै यस दिन ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक १ दशमलव ८९ अंकले बढेर २ सय ६४ दशमलव ९६ अंकमा पुगेर बन्द भएको छ । कुल १७५ कम्पनीको १४ लाख ७७ हजार कित्ता शेयर ३८ करोड ९६ लाख २५ हजार रुपैयाँमा कारोबार भएको छ ।

कारोबार शुरु भएको केही समयपछि उकालो लागेर दोहोरो अंकको वृद्धिमा पुगेको भए पनि नेप्से परिसूचक पछि क्रमिक रुपमा ओरालो लागेको थियो । सोमबार कारोबार रकमका आधारमा सिद्धार्थ बैंकको संस्थापक शेयरको कारोबार उच्च भएकाले सो कम्पनी अग्रस्थानमा रहेको छ । यसको बैंकको २ करोड ५८ लाख ३१ हजार ४२८ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै रसुवागढी हाइड्रोपावरको २ करोड १५ लाख १६ हजार ३५७ रुपैयाँ, एनआईसी एशिया बैंकको १ करोड ७१ लाख ९० हजार ३८१ रुपैयाँ बराबरको कारोबार भएका छन् ।

सोमबार कारोबारमा आएका समूहमध्ये। निर्जीवन बीमा बाहेक सबै समूहको परिसूचक बढेको छ ।

त्यस्तै सोमबारको कारोबारबाट सबैभन्दा बढी कमाउनेमा नाडेप लघुवित्त कम्पनीका लगानीकर्ता रहेका छन् । यस कम्पनीको शेयर मूल्य ७.५० प्रतिशतले वृद्धि भएको छ । त्यस्तै सर्पोट माइक्रोफाइनान्सको शेयर मूल्य ६.४७ प्रतिशत, ग्लोबल आईएमई लघुवित्तको शेयर मूल्इ ६.१६ प्रतिशतले बढेको छ ।

उता, सबैभन्दा बढी गुमाउनेमा सानिमा इक्विटी फन्डका लगानीकर्ता रहेका छन् । सो फन्डको इकाई मूल्य ३.५७ प्रतिशतले घटेको छ । त्यस्तै जोशी हाइड्रोपावरको शेयरमूल् २.८९ प्रतिशत, युनाइटेड इन्स्योरेन्स कम्पनीको शेयर मूल्य २.५६ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: सोमवार, भदौ २, २०७६ /Monday, August 19th, 2019, 4:05 pm