सोमबार सुनको भाउ स्थिर

काठमाडौं, भदौ २ । सोमबार सुनचादीको भाउ स्थिर रहेको छ । सोमबार सुन प्रति तोला ७१ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार पनि सुन प्रति तोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार तेजावी सुन प्रति तोलाको ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज (सोमबार) चाँदीको भाउ पनि स्थिर रहेको छ । आज चाँदी प्रति तोला ८ सय ३० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार पनि चाँदी प्रति तोला ८ सय ३० मा कारोबार भएको थियो ।

प्रकाशित मिति: सोमवार, भदौ २, २०७६ /Monday, August 19th, 2019, 12:56 pm