नेकपा ललितपुर इन्चार्ज हरि दाहाललाई पितृशोक

ललितपुर, भदौ २ । नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज हरि हादाललाई पितृशोक परेको छ । उनको ८७ वर्षिय पिता हेम प्रसाद दाहाल. सोमबार विहान ४ ललितपुरको टौखलमा निधन भएको हो।

हृदयघातको कारण निधन भएको उनको बुहारी गंगा पराजुली (दाहाल) ले बताईन । हेम प्रसाद दाहालका हरि दाहाल सहित ५ छोरा र श्रीमती छन्।

उनको पार्थीव शरीरलाई आज विहान ८ बजे पशुपती आर्यघाटमा अन्त्यष्टी गरिने बुहारी गंगा पराजुली (दाहाल) ले बताइन ।

प्रकाशित मिति: सोमवार, भदौ २, २०७६ /Monday, August 19th, 2019, 6:04 am