नेकपामा जिम्मेवारी हेरफेर, खनालको वरियता बढ्यो, नेपाल घटुवामा

फाइल तस्बिर

काठमाडौ, भदौ १ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा नेताहरुको जिम्मेवारी हेरफेर भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले पार्टीका केही नेताहरुको जिम्मेवारी हेरफेर गरेको हो । जसमा यसअघि वरिष्ठ नेता रहेका माधवकुमार नेपाललाई घटुवा गरी उनको स्थानमा झलनाथ खनाल ल्याइएको छ । अब खनाल दुई अध्यक्षपछि तेस्रो वरीयतामा परेका छन । त्यसपछि मात्र नेपाल र अनि उपाध्यक्ष बामदेव गौतम रहनेछन् ।
तत्कालीन एमाले र माओवादीको एकताका क्रममा खनालभन्दा नेपालको वरीयताक्रम माथि राखिएको थियो। यसअघि खनालले नेपालभन्दा आफू वरिष्ठ भएको भन्दै वरीयताक्रम सच्चाउन माग गरिरहेका थिए ।

प्रकाशित मिति: आइतवार, भदौ १, २०७६ /Sunday, August 18th, 2019, 9:29 pm