भदौको पहिलो दिन पनि घट्यो नेप्से

काठमाडौं, भदौ १ । भदौ महिनाको पहिलो दिन पनि नेप्से घटेर बजार बन्द भएको छ । आज आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९.२० अंकले घटेर १२१४.८३ अंकमा झरेको छ । अघिल्लो कारोबार दिन बिहिबार पनि नेप्से घटेको थियो ।

यस दिन कुल १६० कम्पनीको ११ लाख १ हजार ७७६ कित्ता शेयर किनबेच हुँदा ३२ करोड ९५ लाख २७ हजार रुपैयाँमा कारोबार भएको छ ।
बिहिबार कुल १५९ कम्पनीको १६ लाख १० हजार ५४० कित्ता शेयर ४२ करोड ४३ लाख २३ हजार रुपैयाँमा कारोबार भएको छ ।

यस दिन कारोबारमा आएका समूहमध्ये उत्पादन समूहबाहेक बाँकी सबै समूहमा गिरावट आएको छ ।

साताको पहिलो दिन आइतबार कारोबार रकमका आधारमा सबैभन्दा अगाडि एनआईसी एसिया बैंक रहेको छ । यस बैंकको २ करोड ४५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

त्यस्तै यस दिन ग्लोवल आइमई लघुवित्तका लगानीकर्ताले सर्बाधिक कमाएका छन् । लघुवित्तको सेयर मूल्य यस दिन ९.८५ प्रतिशतले बढेको छ । आजै ग्लोवल आइएमई लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई गत आवको नाफाबाट ३५ प्रतिशत वोनस शेयर प्रस्ताव गरेको छ ।

त्यस्तै यस दिन सर्बाधिक गुमाउनेमा गुराँस लघुबित्तका लगानीकर्ता रहेका छन् जसको सेयर मूल्य यस दिन ७.७५ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: आइतवार, भदौ १, २०७६ /Sunday, August 18th, 2019, 3:46 pm