कति प्रस्ताव गर्यो ग्लोवल आइमई लघुवित्तले बोनस ?

काठमाडौं, भदौ १ । ग्लोवल आइएमई लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई गत आवको नाफाबाट ३५ प्रतिशत वोनस शेयर प्रस्ताव गरेको छ । कम्पनीको बोनसमा लाग्ने कर प्रयोजनको लागि १ दशमलव ८४ प्रतिशत नगद लाभांश पनि दिने भएको छ ।

लघुवित्त कम्पनीको साउन ३२ गते बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरु हकदार हुनेछन् ।

प्रकाशित मिति: आइतवार, भदौ १, २०७६ /Sunday, August 18th, 2019, 2:06 pm