भीभोले फाइभजी स्मार्टफोन ल्याउँदै, अहिले सम्मकै सस्तो फाइभजी स्मार्टफोन हुने

चिनिया मोबाइल ब्रान्ड भीभोले आफ्नो नयाँ सब ब्राण्ड आईक्यू ( iQOO) अन्तरगत नयाँ फोन आईक्यू प्रो ५जी स्मार्टफोन सार्बजनिक गर्न लागेको छ । कम्पनीले यो फोन यहि अगस्ट २२ तारिखमा लन्च गर्ने तयारी गरेको छ ।

फाइभ जी सपोर्ट गर्ने यो फोन अहिले मूल्यका कारण धेरै चर्चित भएको छ । फाइभ जी सपोर्ट गर्ने फोनहरु अहिले निक्कै महंगा भए पनि भीभोको यस फोनको मूल्य ६५० अमेरिकी डलरबाट सुरु हुने चर्चा सुरु भए संगै यसको चर्चा चुलिएको छ ।

बाहिरिएका रिपोर्टअनुसार भीभो आईक्यू प्रो फाइभ जीमा ६.४१ इन्चको सुपर एमोलेड स्क्रीन हुनेछ । यसमा स्न्यापड्रागन ८५५ प्लस चीपसेटको प्रयोग हुने छ भने यसको बेस भेरिएन्टमा ६ जीबीको र्याम र १२८ जीबीको स्टोरेज हुनेछ ।

फोटोग्राफीका लागि यसमा ट्रिपल रियर क्यामरा हुनेछ जसमा ४८ प्लस १३ प्लस १२ प्लस मेगापिक्सेलको क्यामरा रहने बताइएको छ । त्यस्तै यसमा सेल्फीको लागि १२ मेगापिक्सेलको पपअप फ्रन्ट क्यामरा हुनेछ । एन्ड्रोयड ९ पाईमा आधारित फनटच ९मा संचालन हुने यस फोनमा ४५०० एमएएच ब्याट्री प्याक हुनेछ भने ४४ वाटको फास्ट चार्जिंग पनि हुने बताइएको छ ।

यसमा अन्डर डिस्प्ले फिंगर प्रिन्ट सेन्सर रहने छ भने टाइप-सी पोर्ट पनि उपलब्ध हुनेछ ।

प्रकाशित मिति: आइतवार, भदौ १, २०७६ /Sunday, August 18th, 2019, 3:15 pm