आइतबार दुई लघुवित्त कम्पनीले प्रस्ताव गर्यो लाभांश

काठमाडौँ, भदौ १ । आइतबार आशा लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल एग्रो लघुवित्त संस्था लिमिटेडले लाभांश प्रस्ताव गरेको छ ।

नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालक समितिको २०७६ साउन ३२ गते बसेको सञ्चालक समितिको ४७ औं बैठकले आगामी साधारण सभाको मितिमा तत्काल कायम रहने सेयरधनीलाई १५ प्रतिशतले हुने आउने नगद ७४ लाख ६६ हजार ६७० र कर प्रयोजनको ला २ लाख ९३ हजार २४५ रुपैयाँ नगद लाभांस दिने भएको छ ।

त्यस्तै आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालक समितिको २०७६ साउन ३१ गते बसेको सञ्चालक समितिको ६६ औं बैठकले आगामी साधारण सभाको मितिमा तत्काल कायम रहने सेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र ०.६३१५७९ प्रतिशत नगद लाभांस दिने भएको छ । बोनस शेयरको लागि २ करोड ४८ लाख ८८ हजार र नगद लाभांशको लागि १३ लाख ९ हजार ८९५ रुपैयाँ गरी कुल दुई करोड एकसठ्ठी लाख ९७ हजार ८९५ वितरण गर्ने प्रस्ताव गरेको हो ।

दुवै कम्पनीले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैकको स्विकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: आइतवार, भदौ १, २०७६ /Sunday, August 18th, 2019, 11:28 am