आशा लघुवित्तको डबल अफर, कति दिने भयो बोनस र नगद ?

काठमाडौँ, भदौ १ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई बोनस शेयर र नगद लाभांस सहितको डबल अफर दिएको छ ।

लघुवित्त कम्पनीको संचालक समितिको २०७६ साउन ३१ गते बसेको सञ्चालक समितिको ६६ औं बैठकले आगामी साधारण सभाको मितिमा तत्काल कायम रहने सेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र ०.६३१५७९ प्रतिशत नगद लाभांस दिने भएको छ ।
बोनस शेयरको लागि २ करोड ४८ लाख ८८ हजार र नगद लाभांशको लागि १३ लाख ९ हजार ८९५ रुपैयाँ गरी कुल दुई करोड एकसठ्ठी लाख ९७ हजार ८९५ वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित बोनस तथा नगद लाभांश नियामक निकाय नेपाल राष्ट्र बैकको स्विकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: आइतवार, भदौ १, २०७६ /Sunday, August 18th, 2019, 11:12 am