काङ्ग्रेसका जिल्ला नेताद्वारा डेढलाख दुरुपयोग

ललितपुर, साउन ३० । नेपाली काङ्ग्रेसको ललितपुरका एकजना जिल्ला नेताले कम्युटर सिकाउने भन्दै लिएको डेढलाख रकम दुरुपयोग गरेको दैनिकीन्युजले फेला पारेको छ ।

जनतासँग अध्यक्ष कार्यक्रम अन्तर्गत ललितपुरको बाग्मती गाउँपालिका वार्ड नम्बर ४, प्युटारमा बिनियोजित १ लाख ५० हजार रुपैया तालिम नै नदिएर दुरुपयोग भएको हो ।

तालीम सञ्चालन नगरी रकम लगेर दुरुपयोग गर्ने व्यक्ति युवराज लामा हुन । उनी नेविसंघका जिल्ला हुन । ।

एसईई परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई कम्प्युटर सिकाउन भन्दै आर्थिक वर्ष २०७५–०७६ को कार्यक्रम अन्तर्गतको रकम लामाले तालिम संचालन नगरी दुरुपयोग गरेका हुन ।

यस विषयमा जिज्ञासा राख्दा लामाले तालिम दिन नसकेको स्वीकार गरे । उनले अघिल्लो आवको तालीम अर्को आवमा सक्ने दाबी गरे । तर गाउँपालिका अध्यक्ष वीर बहादुर लोप्चनले यस्तो जानकारी भर्खरै पाएको भन्दै छिट्टै बुझ्ने बताए । केही ब्यक्तिहरुले मिलेमतोमै जनतासँग अध्यक्ष कार्यक्रमको रकम दुरुपयोग गरेको आरोप लगाएका छन । स्मरण रहोस प्युटारमा यसअघि वडासदस्यले स्काभेटर किनेको समाचार सार्वजनिक भएको थियो ।

प्रकाशित मिति: बिहिबार, साउन ३०, २०७६ /Thursday, August 15th, 2019, 3:32 pm