मकवानपुरको स्थानीय तहमा बिहीबार सार्वजनिक विदा

हेटौंडा, साउन ३० । पुर्वी मकवानपुरको बकैया गाउँपालिकाले बिहीबार रक्षा बन्धन (जनै पूर्णिमा) को दिन सार्वजनिक विदा दिएको छ ।

बिहिबार बकैया गाउँपालिकाले जनै पुर्णीमामा विदा दिने निर्णय गरेको हो । गाउँपालिकाले रक्षा बन्धन (जनै पुर्णिमा) मनाउनेहरुको लागि सहजता होस भन्ने उदेश्यले विदा दिएको गाउँपालिका उपाध्यक्ष सरला बोलखेले बताईन् ।

प्रकाशित मिति: बिहिबार, साउन ३०, २०७६ /Thursday, August 15th, 2019, 5:12 am