भारतले नेपालमाथी खेल्दैछ यस्तो खेल, प्रदीप गिरिले खोले डरलाग्दो पोल

काठमाडौ, साउन २९ ।
नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले भारतले सकेको दिन ‘नेपाललाई सिक्किम बनाइदिने’ चेतावनी दिएका छन्।

संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको अन्तराष्ट्रिय समितिको बुधबार बसेको बैठकमा गिरीले नेपालको सिमा अतिक्रमण गरेको, दशगजामा सडक निर्माण गर्नुको साथै असमान सन्धि सम्झौता लगायत बारेमा छलफपल भइरहदा समिति सदस्य गिरीले भारतले आफ्नो क्षमताले भ्याउने हो भने नेपाललाई सिक्किम बनाइदिने अभिव्यक्ति दिएका हुन।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई इंगित गर्दै उनले नेपाल-भारत सिमानामा काँडेतार लगाउने र सुरुङ युद्ध गर्ने उद्घोष गर्ने नेताहरु नै अहिले सत्तामा रहेको र भारतका गतिविधिमा टाउको हल्लाउने मात्रै काम गरेको टिप्पणी गरे।

उनले बोलेर मात्रै कूटनीतिक समस्या समाधान नहुनेतर्फ सचेत बनी समयमै कूटनीतिक सक्षमता देखाउन सरकारको ध्यानाकर्षण गराए।नेपालको कमजोर कुटनीति जारी रहे सकेको दिन भारतले नेपाललाई सिक्किम बनाउने तथ्यपूर्ण यथार्थतालाई समयमै आत्मसाथ गरि पहलकदमी गर्न उनले आग्रह गरे।

प्रकाशित मिति: बुधबार, साउन २९, २०७६ /Wednesday, August 14th, 2019, 10:13 pm