गोदावरी नगरपालिकामा पनि सार्बजनिक बिदा

ललितपुर , साउन २९ । ललितपुर जिल्लाको गोदावरी नगरपालिकामा भोलि (बिहीबार) सार्वजनिक बिदा दिइएको छ । बिहीबार ऋषितर्पणी र रक्षाबन्धनको अवसरमा नगरपालिकाले बिदा दिएको हो ।

नगरपालिकाले साउन ३० गते बिहिबार सम्पूर्ण जनजाति र समुदायले आ – आफ्नो तरिकाले पर्व मनाउने प्रचलन रहेको र कार्यालयमा उपस्थिति पनि न्यून रहने हुनाले  नगरपालिका , वडा कार्यालय र नगरपालिका अन्तर्गतका संघ सस्था र शिक्षण सस्थाहरुलाई बिदा दिने निर्णय गरिएको जनाएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २९, २०७६ /Wednesday, August 14th, 2019, 7:33 pm