बुधबार पनि घट्यो नेप्से

काठमाडौं, साउन २९ । साताको चौथो दिन बुधबार पनि नेपाल स्टक एक्सचेन्ज नेप्सेमा गिरावट आएको छ । यस दिन नेप्से ५ दशमलव १७ अंकले गिरावट हुँदै १२२५ दशमलव ९० अंकमा आइपुगेको छ ।

बुधबार कुल १६९ कम्पनीको १० लाख ६९ हजार ६९० कित्ता शेयर २५ करोड ७२ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा धेरै नै कम हो । मंगलबार कुल १६५ कम्पनीको १८ लाख ९६ हजार ४७४ कित्ता शेयर ४८ करोड १६ लाख ३३ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन कारोबारमा आएको समूहहरुमध्ये लघुवित्त समूहबाहेक सबै समूहमा गिरावट आएको छ, यस दिन लघुवित्त समूह पनि शून्य दशमलव १४ अंकले मात्रै बढेको छ ।

यस दिन नेप्सेमा सबैभन्दा बढी नेपाल बैंकको शेयर कारोबार भएको छ । यस कम्पनीको मात्रै २ करोड १० रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

यस दिन विजय लघुवित्त कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य ४ दशमलव २६ प्रतिशतले बढेको छ ।त्यस्तै एनएलजी इन्स्यनेरेन्स कम्पनीको शेयर मूल्य २ दशमलव ५३ प्रतिशतले वृद्धि भएको छ ।

तर, यस दिन वल्र्ड मर्चेन्ट बैंकिङ एइन्ड फाइनान्स कम्पनीका लगानीकर्ताले भने सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले गिरावट आएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २९, २०७६ /Wednesday, August 14th, 2019, 3:40 pm