फेरि स्थगित भयो नेकपाको सचिवालय बैठक

फाइल तस्विर

काठमाडौं, साउन २९ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक फेरि स्थगित भएको छ।

लामो समयपछि बुधबार तय भएको बैठक आन्तरिक छलफलका लागि भन्दै स्थगित गरिएको हो । जनवर्गीय संगठनको नेतृत्वका बिषयमा टुंगोमा पुगेपछि मात्रै बैठक बस्ने गरि बुधबारको लागि तोकिएको बैठक स्थगित गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

विशेषतः पार्टीको स्कुल विभागको नेतृत्वमा विवाद देखिएको छ। स्कुल विभागको नेतृत्व पूर्व एमालेका ईश्वर पोखरेललाई दिने कि पूर्व माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई दिने भन्नेमा विवाद छ।

अब बैठक भोलि (शुक्रबार) बस्ने बताइएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २९, २०७६ /Wednesday, August 14th, 2019, 1:06 pm