कतिमा भयो सूर्या लाइफ इन्स्योरेन्सको शेयरको मूल्य समायोजन ?

काठमाडौं, साउन २९ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयरको मूल्य समायोजन भएको छ । नेप्सेले ७० प्रतिशत हकप्रद शेयरको मूल्य समायोजन पछि मूल्य रू. ३०६ दशमलव ४७ तोकेको छ ।

कम्पनीको हकप्रदमा मंगलवारसम्म कायम शेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति: बुधबार, साउन २९, २०७६ /Wednesday, August 14th, 2019, 11:30 am