बुधबार सुनको भाउ ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार

काठमाडौँ, साउन २९ । साताको चौथो दिन बुधबार सुनको भाउ घटेको छ । यस दिन सुन तोलामा ७ सय रुपैयाले घटेर प्रति तोला ७० हजार ३ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । छापावाल सुनको मूल्य गत मंगलबार तोलामा ७१ हजार रुपैयामा कारोबार भएको थियो । जुन हालसम्मको उच्च मूल्य हो ।

त्यस्तै यस दिन तेजाबी सुन प्रति तोला ७० हजार रुपैयामा कारोबार भैरहेको छ ।

त्यस्तै यस दिन चाँदीको भाउ पनि घटेको छ । चाँदी बुधबार ८ सय २० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तर मंगलबार चाँदी प्रति तोलामा ८ सय २५ रुपैयाँमा कारोबार भैरहेको थियो ।

प्रकाशित मिति: बुधबार, साउन २९, २०७६ /Wednesday, August 14th, 2019, 10:54 am