रिसव गौतमको पुस्तक‘बैंक–वित्त क्षेत्र र अर्थतन्त्र’ बजारमा

आर्थिक लेखक तथा बिजनेसपाटी डटकमका सम्पादक रिसव गौतमको ‘बैंक–वित्त क्षेत्र र अर्थतन्त्र’ नामक पुस्तक बजारमा आएको छ ।
बिजनेस पाटी मिडिया प्रालिले बजारमा ल्याएको प्रस्तुत पुस्तकमा मुलत ‘क’ बर्गका २८ बाणिज्य बैकहरुको प्रोफाइल समेटिएको छ ।

पुस्तकमा विकास बैक, फाइनान्स कम्पनी, लघुवित्त कम्पनी, बिमा कम्पनी, रेमिटयान्स कम्पनी र सहकारीहरुबारे पनि प्रकाश पारिएका छन् । पुस्तकको अर्को खण्डमा गौतमले नेपालको वित्तिय क्षेत्रबारेको विश्लेषणात्मक लेख रचनाहरु समेटेका छन् । आम मानिसमा वित्तिय पहूँच र चेतना अभिवृद्धि होस, बैक वित्तिय क्षेत्रले प्रदान गर्दै आएका विभिन्न किसिमका सेवा सुविधाहरुबारे र उनीहरुको पृष्ठभुमि समेत जान्न सकियोस् भन्नका लागि पुस्तक लेखिएको लेखक गौतमले बताए । बैकहरुको प्रोफाइल समेटिएको यस पुस्तक नेपालको सन्र्दभमा पहिलो भएको समेत गौतमले बताए । लेखक गौतमले भने ‘पुस्तकबाट नेपालको बैंक वित्तिय क्षेत्रबारे समग्रतामा जानकारी हासिल गर्न सकिने छ भन्ने मलाई लाग्छ’ ।

सामाजिक, साँस्कृतिक र साहित्यका विधामा बर्षे नी सयौंको सङख्यामा पुस्तकहरु प्रकाशन हुने गरेपनि आर्थिक क्षेत्रलाई विषयवस्तु बनाएर अत्यन्तै नगन्य सङख्यामा पुस्तक बजारमा आउने गरेका छन् । आर्थिक क्षेत्रमा थोरै भएपनि योगदान दिने हिसावले आफुले पुस्तक बजारमा ल्याएको गौतमले बताए । करिव ४ सय पेज रहेको पुस्तकको बजारिकरण तथा विक्रि प्रर्बद्धन बिजनेस पाटी मिडिया प्रालिले गर्ने उनले बताए ।

प्रकाशित मिति: मङ्लबार, साउन २८, २०७६ /Tuesday, August 13th, 2019, 10:12 am