ठगीमा मुछिए मन्त्री, तीनदिनभित्र उपस्थित हुन अदालतको आदेश

ललितपुर, साउन २८ । नक्कली बैंक ग्यारेन्टी बनाएको अभियोगमा कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्रीलाई उच्च अदालतले तीनदिनभित्र उपस्थित हुन आदेश जारी गरेको छ । मन्त्री खत्रीले १ करोड १० लाख रुपैयाँभन्दा बढीको नक्कली ग्यारेन्टीपत्र बनाएपछि उनलाई उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको थियो ।

खत्री लगायत पाँच जनामाथि बैंकिङ कसुरको आरोपमा विशेष सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो । अरुलाई पक्राउ गरिए पनि मन्त्रीलाई पक्राउ नगरेपछि उच्च अदालतले उनलाई दिनभित्र अदालतमा उपस्थित हुन आदेश जारी गरेको छ । न्यायाधीशहरु श्रीकान्त पौडेल अनि टेकप्रसाद ढुंगानाको इजलासले आदेशको प्रति महान्यायाधिवक्ता र प्रहरी महानिरीक्षकलाई समेत दिन आदेश गरेको छ ।

प्रकाशित मिति: मङ्लबार, साउन २८, २०७६ /Tuesday, August 13th, 2019, 10:18 pm