फस्र्ट माइक्रोफाइनान्सले प्रस्ताव गर्यो लाभांश

काठमाडौँ, साउन २८ । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वर्ष आव २०७५–७६ को नाफाबाट सेयरधनीहरुलाई १७ प्रतिशत सेयर लाभांश दिने घोषणा गरेको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

चुक्ता पूँजी ६८ करोड, ४३ लाख, ९३ हजार ८ सय रुपैयाँको १७ प्रतिशतले हुने ११ करोड, ६३ लाख ४६ हजार ९ सय ४६ रुपैयाँ बराबरको बोनस शेयर दिने घोषणा गरेको हो । त्यस्तै चुक्ता पूजीको ०.८९४७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

लघुवित्तले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृती र संस्थाको आगामी साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरु लाभांशका हकदार हुनेछन् ।

प्रकाशित मिति: मङ्लबार, साउन २८, २०७६ /Tuesday, August 13th, 2019, 12:52 pm