एक्कै दिन बढ्यो एक हजार, सुनको मुल्यले राख्यो फेरी अर्को रेकर्ड

काठमाडौँ, साउन २८ । साताको तेस्रो दिन मंगलबार सुनको मुल्यले नया रेकर्ड कायम गरेको छ । यस दिन सुन तोलामा एक हजार रुपैयाले बढेर प्रति तोला ७१ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । छापावाल सुनको मूल्य गत बिहिबार देखि सोमबार सम्म तोलामा ७० हजार रहेको थियो ।

त्यस्तै यस दिन तेजाबी सुन प्रति तोला ७० हजार ७ सय रुपैयामा कारोबार भैरहेको छ ।

त्यस्तै यस दिन चाँदीको भाउ भने स्थिर रहेको छ । बिहिबार देखि स्थिर रहेको चाँदी आज पनि प्रति तोलामा ८ सय २५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

प्रकाशित मिति: मङ्लबार, साउन २८, २०७६ /Tuesday, August 13th, 2019, 11:47 am