ललितपुर प्रहरीलाई ठूलो सफलताः मोवाइल चोरदेखि स्कुटर चोरसम्म पक्राउ

ललितपुर, साउन २७ । महानगरिय प्रहरी बृत सातदोबाटोले सातदोबाटो क्षेत्रमा मोवाइलदेखि स्कुटर चोरी गर्ने समूहका तेह्र जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चितवन जिल्ला घर भई हाल ताल्छीखेल बस्ने विष्णु बहादुर राण, ललितपुर जिल्ला बागमती गाउपालिका वडा नं. ६ आश्रङ बस्ने झलक घिमिरे, हुम्ला जिल्ला घर भई हाल कागेश्वरी मनहरा बस्ने जनक बुढा, ललितपुर जिल्ला लेले घर भई हाल हात्तीबन बस्ने राजु लामा, सर्लाही घर भई सातदोबाटो बस्ने सजन तामाङ, काभ्रे घरभई हाल हरिसिद्ध बस्ने उमेश रुपाल, गोदावरी ठैव घर भएका सुरेन्द तामाङ रहेका छन् ।

त्यस्तै सुनसरी जिल्ला घरभई हाल ललितपुर बस्ने सरोज मगर, काभ्रे घरभई हाल गोदावरी ठैव बस्ने रामकृष्ण दाहाल, मोरङ घरभई ललितपुर इमाडोल बस्ने भरत श्रेष्ठ, कैलाली घरभई हाल ललितपुर बस्ने देव चौधरी, सिन्धुली घरभई हाल महालक्ष्मी नगरपालिका वडा नं. १ इमाडोल ललितपुर बस्ने खिल बहादुर भुजेल रहेका छन् ।

पछिल्लो तीन दिनयता १३ जना चोर पक्राउ गरिएको महानगरिय प्रहरी वृत्त सातदोवाटोका डिएसपी गौतम मिश्रले जानकारी दिए । उनीहरु पटके चोर हो वा होइन अनुसन्धान भैरहेको डिएसपी मिश्रले बताए । यसबारे आवश्यक अनुन्धान भैरहेको डिएसपी मिश्रको भनाई छ । प्रहरीले उनीहरुको साथबाट चोरी गर्न प्रयोग गरिएका विभिन्न सामानहरुसमेत बरामत गरेको छ ।

प्रकाशित मिति: सोमवार, साउन २७, २०७६ /Monday, August 12th, 2019, 10:02 pm