नेप्सेमा झिनो सुधार हुँदा यी कम्पनिका लगानीकर्ताले कमाए

काठमाडौं, साउन २७ । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज -नेप्से परिसूूचकमा झिनो अंकको सुधार भएको छ ।

यस दिन नेप्से शून्य दशमलव १३ अंकले वृद्धि भएर कारोबार बन्द भएको छ ।

नेप्से संगै यस दिन कारोबार रकममा पनि सुधार भएको थियो । यस दिन ३१ करोड ४२ लाख २८ हजार ९२१ रुपैयाँमा १८ लाख २१ हजार ८२२ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार कुल १७१ कम्पनीको शेयर ११ हजार ६० पटक खरिद बिक्री भएको छ । अघिल्लो दिन आइतबार कुल १६६ कम्पनीको ११ लाख ४५ हजार ५०७ कित्ता शेयर ३१ करोड १७ लाख ५६ हजार ८५६ रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन कारोबारमा आएका समूहमध्ये बैंकिङ, व्यापार, जलविद्युत् निर्जीवन बीमा र अन्य बाहेक सबै समूह बढेका छन् ।

कारोबारका आधारमा रसुवागढी हाइड्रोपावर कम्पनी अगाडि रहेको छ । सो कम्पनीको २ करोड ५९ लाख ३ हजार ४ सय रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

त्यस्तै सोमबार सबैभन्दा बढी कमाउनेमा नाडेप लघुवित्त कम्पनीका लगानीकर्ता रहेका छन् । सोमबार यस कम्पनीको शेयर मूल्य ९ दशमलव ८९ प्रतिशतले बढेको छ ।
त्यस्तै यस दिन वर्ल्ड मर्चेन्ट बैंकिंग एण्ड फाइनान्स काम लगानीकर्ताले ९.९ प्रतिशत, नेपाल सेवा लघुवित्तका लगानीकर्ताले ७.७३ प्रतिशत, जोशी हाइड्रोपावरका लगानीकर्ताले ७.३५ प्रतिशतले कमाएका छन् ।

यस दिन विशाल बजार कम्पनीको शेयर मूल्य ५ दशमलव २८ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: सोमवार, साउन २७, २०७६ /Monday, August 12th, 2019, 3:26 pm